Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लकडाउनका कारण भारतको गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

लकडाउनका कारण भारतको गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

दैनिकी न्यूज

१४, जेठ २०७७
लकडाउनका कारण भारतको गुजरातमा मात्रै ३० हजार विवाह स्थगित
images

अहमदाबाद, जेठ १४ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो ।

पछिल्लो दुई महिनामा मात्रै यती धेरै वैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । “गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,” होटल तथा रेस्टुरेन्ट एसोसिएसन गुजरातका प्रवक्ताले भने ।

प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भएपनि धेरै विवाह स्थगित भएका छन् ।तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।

सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै वैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भएपनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाई छ ।

“मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको प्रतिक्षा गरेका छन्, अव डिसेम्बर र जनवरीमा मात्रै विवाह हुनसक्ने देखिएको छ,” एक व्यवसायीले भने । सरकारले लागु गरेको मापदण्ड पुरा गरेर निकै कम जोडीले मात्रै विवाह गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्युन सहभागीता भएको कसले चाहन्छ र रु त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाई छ । रासस र एएनआई

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - २३:०६:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology