Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल कोरोना संक्रमणको उच्च जोखिममा

नेपाल कोरोना संक्रमणको उच्च जोखिममा

दैनिकी न्यूज

१५, जेठ २०७७
नेपाल कोरोना संक्रमणको उच्च जोखिममा
images

काठमाडौं, जेठ १५ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् । सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा। नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।

“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थपे, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ । ”

चिकित्सकको अध्ययनले साउनसम्ममा कोरोना सङ्क्रमण उच्च तहमा पुग्ने अनुमान गरेको छ । महामारीलाई सरकारको नियन्त्रणबाहिर जान नदिन अहिलेदेखि नै उच्च तयारी अपनाउनुपर्ने अवस्था सिर्जना भएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार समसामयिक विषयमा आयोजित पत्रकार सम्मेलनमा डा। फुयालले अनावश्यक पीसीआर परीक्षण रोक्नसमेत सुझाव दिएको बताउनुभयो । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका र लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आएको छ । अनावश्यक परीक्षणले किट खर्च हुनुका साथै परीक्षणमा चाप बढेको भनाइ स्वास्थ्यकर्मीको छ ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड–१९ नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव नहुने बताए । नेपाली सेनाले चीनबाट खरिद गरी ल्याउने भनेको ३४३ टन स्वास्थ्य सामग्री आउने क्रम जारी छ । यसमा ६८ किसिमका सामग्री छन् । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०६:३७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology