Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

दैनिकी न्यूज

१५, जेठ २०७७
कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध
images

जीवन खत्री/सउल, जेठ १५ । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी औषधि बयस्क बिरामीका लागि सिफारिस हुने औषधि हुन् । हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामी दुई लाख ६० हजार बढी रहेका बताइएको छ ।

कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए÷नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रो सोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ ।

जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीजस्ता औषधिमा ‘कार्सिनोजिन’को मात्रा तोकिएको मापदण्डभन्दा बढी भेटिएको र यिनीहरूलाई प्रतिबन्ध गरिएको जानकारी छ । रासस

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १३:०९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology