ललितपुर, जेठ १५ । ललितपुरको पाटन अस्पतालबाट एकैपटक ७ जना कोरोना संक्रमित निको भएर बिहीबार घर फर्किएका छन् ।
स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले बताए । अब पाटन अस्पतालको कोभिड वार्डमा २ जना कोरोना संक्रमित बाँकी रहेका छन् ।