Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कर्मचारीको भत्तामा उल्लेख्य कटौती, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाले पाउने

कर्मचारीको भत्तामा उल्लेख्य कटौती, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाले पाउने

दैनिकी न्यूज

१६, जेठ २०७७
कर्मचारीको भत्तामा उल्लेख्य कटौती, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएकाले पाउने
images

काठमाडौँ, जेठ १६ । सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् ।

मन्त्री खतिवडाले अतिरिक्त पाउने बैठक, खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको बताए । यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा पनि उल्लेख्य बजेट कटौती गरिएको मन्त्री खतिवडाले बताए ।

यस्तै सरकारले सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा गर्ने घोषणा गरेको छ। मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाइने बताए । सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए ।

कान्तिपुर दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०६:५९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology