Logo

सोमवार, श्रावण २५ गते २०८३

images

टेकु अस्पतालको आइसोलेसनमा दोस्रो पनि नेगेटिभ रिपोर्टको पर्खाइ

टेकु अस्पतालको आइसोलेसनमा दोस्रो पनि नेगेटिभ रिपोर्टको पर्खाइ

दैनिकी न्यूज

१६, जेठ २०७७
टेकु अस्पतालको आइसोलेसनमा दोस्रो  पनि नेगेटिभ रिपोर्टको पर्खाइ
images

विश्वास डिसी 

कोरोना संक्रमणको कारण ८ दिनदेखि अस्पतालको आइसोलेसनमा  छु । कुनै लक्षण नभएपनि अस्पतालमा निश्चित समय बस्नै पर्ने रहेछ । केही सकारात्मक भावना जगाउने किताब पढिरहेको छु । अरुबेला पढ्ने समय खासै पाइन्नथ्यो । कोरोना पोजिटिभ राख्ने आइसोलेसन वार्ड भएकोले एक्लै छु । परिवारसंग फोनमा कुरा गर्छु, भिडियोमा साथीभाइसंग कुरा गर्छु । किनकी बाहिर निस्कन मिल्दैन ।

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि मैले पनि सावधानी अपनाएर काम गरिरहेको थिए ।

काठमाडौं उपत्यकाको फोहोर फालिने नुवाकोटको सिसडोलमा रहेका नागरिकलाई कुनै संक्रमण नहोस् भनेर म आँफैले काठमाडौं महानगरपालिकासँग कोरोना परीक्षण गराउन माग गरेँ । परीक्षणकै विषयले विवाद पनि भएको थियो । त्यही भएर भृकुटीमण्डपमा रहेको फोहोरमैला विभागमा छलफल गर्न म गएँ । विद्यासुन्दर शाक्यसँग पनि भेटेँ । म लामो समय बसेको भनेको भृकुटीमण्डप हो त्यो पनि स्वाव परीक्षण गराउन भनेर । मेरो मात्र होइन सिसडोलबासी केही साथीहरुको पनि परीक्षण गराउनु थियो । मेयरले परीक्षण गराउन सहमति जनाए । सबै साथीहरुको गर्दा भीड लामो भइसकेको थियो । मेरो पालामा परीक्षण गराउने सकियो भन्यो । त्यसपछि जेठ ६ गते नुवाकोट गएर मैले पीसीआर परीक्षणको लागि स्वाव दिएँ । त्यहाँ झण्डै ४० जना जतिको स्वाव संकलन गरिएको थियो । जेठ ८ गते रिपोर्ट आयो, स्वास्थ्य कर्मीले ल सबैको कोरोना नेगेटिभ आयो भनेर फोन गरे । ल राम्रो भयो भनेर प्रतिक्रिया जनाए । भोलिपल्ट त फेरि फोन आयो ल तपाईँ कहाँ हुनुहुन्छ ? तपाईमा कोरोना पोजिटिभ देखियो भन्छ । अनि मैले हिजो नेगेटिभ आएको आज कसरी पोजिटिभ भनेर प्रश्न गर्दा उत्तर नै दिएनन् ।

म संक्रमित भएको थाहा पाएपछि अस्पताल जान तयार भए । धेरै पर्खे तर एम्बुलेन्स आएन । एम्बुलेन्स नआएपछि साँझ आफैँ मोटरसाइकल चलाएर टेकु अस्पतालसम्म आए । तर पछि मलाई खोज्दै मेरो घरमा प्रहरी पुगेका रहेछन् ।

अहिले म काठमाडौंको टेकुमा रहको शुक्रराज ट्रपकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा छु । वार्डमा डाक्टरहरु आउँदैनन्, फोन गरेर सोध्छन, केही भएको छ भनेर ? एकदिन स्वाव संकलन गर्न नर्स आएकी थिइन । त्यसको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाले उच्च ज्वरो आउँछ, निरन्तर खोकी लाग्छ र स्वास फेर्न अप्ठेरो हुन्छ भन्ने सुनेको हो तर, मलाई केही भएको छैन । ज्यान ठीक छ तर, रिपोर्ट मात्र विसन्चो आयो ।

कहाँबाट सर्यो कोरोना ?
मलाई कोरोना भृकुटीमण्डपबाट सरेको हुनसक्छ किनभने सबैभन्दा बढी लामो समय र केही भीडमा म त्यहाँ मात्रै बसेको हुँ । नुवाकोट जाने आउने भइरहन्छ । त्यहाँ जाँदा पनि सुरक्षित नै रहने गरेको छु । गाउँमा त्यस्तो भीड खासै हुँदैन झन् अहिलेको अवस्थामा हुने कुरै भएन ।

दोस्रो रिपोर्टको पर्खाइ
म जेठ ९ गते टेकु अस्पताल आएको हुँ । १३ गते स्वाव लिए, त्यसको रिपोर्ट १४ गते आयो र नेगेटिभ आयो ।

कोरोना पोजिटिभ देखिएको केही दिनपछि स्वाव लिने गर्दा रहेछन् । दोस्रो रिपोर्ट पनि नेगेटिभ आयो भने डिस्चार्ज गर्ने भनेका छन् । अब त्यसकै पर्खाइमा छु । दोस्रो रिपोर्ट पनि नेगेटिभ आउँछ भन्ने विश्वास छ किनभने म मा कुनै लक्षण नै छैन ।

यो पनि पढ्नुहोस

नुवाकोट संक्रमितको कनेक्सन ललितपुर, उच्च निगरानीमा भैसेपाटी

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १०:५३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology