Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरले पायो २ अर्ब ८१ करोड ६९ लाख बजेट, हेर्नुहोस् कुन पालिकालाई कति ?

ललितपुरले पायो २ अर्ब ८१ करोड ६९ लाख बजेट, हेर्नुहोस् कुन पालिकालाई कति ?

दैनिकी न्यूज

१६, जेठ २०७७
ललितपुरले पायो २ अर्ब ८१ करोड ६९ लाख बजेट, हेर्नुहोस् कुन पालिकालाई कति ?
images

ललितपुर, जेठ १६ । संघीय सरकारले ललितपुरलाई २ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ललितपुरलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर २ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको हो । चालू आव २०७६–७७ को लागि अर्थ मन्त्रालयले ललितपुर जिल्लाको लागि २ अब ३४ करोड ७१ लाख विनियोजन गरेको थियो ।

सरकारले सबैभन्दा धेरै बजेट ललितपुर महनगरपालिकालाई १ अर्ब १० करोड ९९ लाख रुपैयाँ दिएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये सबैभन्दा कम २१ करोड ९७ लाख रुपैयाँ कोन्ज्योसोम गाउँपालिकाका लागि विनियोजन गरेको छ ।

त्यस्तै गोदावरी नगरपालिकालाई ५७ करोड ३ लाख, महालक्ष्मीलाई ४२ करोड १८ लाख विनियोजन गरिएको छ । उता बाग्मती गाउँपालिाकालाई २६ करोड ८५ लाख, महांकाल गाउँपालिकालाई २२ करोड ६७ लाख विनियोजन गरिएको छ ।

तर आव २०७६–७७ मा ललितपुर महानगरको लागि ९१ करोड ६१ लाख, गोदावरी नगरपालिकाको लागि ५१ करोड ४९ लाख, महालक्ष्मी नगरपालिकाको लागि ३४ करोड ६४ लाख विनियोजन गरेको थियो । जिल्लामा रहेका तीन गाउँपालिकामा कोन्ज्योसोममा १६ करोड ४८ लाख, बागमतीमा २२ करोड ४६ लाख र महांकालमा १८ करोड ३ लाख विनियोजन गरेको थियो ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १४:४५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology