काठमाडौ, जेठ १६ । शुक्रबार देशभर कोरोनाबाट १ सय ७० संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १ सय ७० संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् । हालसम्म ५२ जिल्लामा कोरोना भाइरस फैलिएको छ ।
आजसम्म पिसिआरबाट ६४ हजार १५४ र आरडिटीबाट १ लाख ५ हजार ४७८ को परीक्षण गरिएको जनाएको छ ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय ६ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १९ जना डिस्चार्ज भई घर फर्किएका छन् ।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँची मा एक÷एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।