Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने उच्च स्तरीय समितिको निर्णय

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने उच्च स्तरीय समितिको निर्णय

दैनिकी न्यूज

१६, जेठ २०७७
विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने उच्च स्तरीय समितिको निर्णय
images

काठमाडौं, जेठ १६ । सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको छ ।


तस्बिर सौजन्य स् कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय ।

मन्त्रिपरिषद्‍ले यसअघि नै विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरेको छ । पारित कार्यविधि अनुसार समितिले कार्ययोजना बनाएको हो ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत परेका छन् ।

शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरुले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ । सो कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन उपप्रधानमन्त्री सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १८:२१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology