Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रगत वान्ता गरेपछि प्रहरीको लुभु इन्चार्ज माझी अस्पताल भर्ना

रगत वान्ता गरेपछि प्रहरीको लुभु इन्चार्ज माझी अस्पताल भर्ना

दैनिकी न्यूज

१६, जेठ २०७७
रगत वान्ता गरेपछि प्रहरीको लुभु इन्चार्ज माझी अस्पताल भर्ना
images

ललितपुर, जेठ १६ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि महानगरीय प्रहरी प्रभाग लुभुका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक (सइ) टेकबहादुर माझीलाई अल्का हस्पिटल एकान्तकुनामा आइसियूमा भर्ना गरिएको छ ।

शुक्रबार दिउँसोदेखि रगत नै वान्ता गरेपछि उनलाई तत्काल उपचार गर्नको लागि पाटन हस्पिटल लगिएको थियो । पाटनमा आइसियू खाली नभएपछि थप उपचारको लागि अल्का हस्टिपलमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर जावालाखेलका प्रवक्ता तथा एसपी तुलबहादुर कार्कीले जानकारी दिए । माझीलाई आईसियूमा राखेर उपचार भैरहेको उनले बताए ।

माझी केही समयअघि मात्र सो प्रभावको इन्चार्ज भएका हुन् । उनको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको थियो ।

विहानसम्म स्वास्थ्यमा कुनै समस्या नभएका माझीलाई दिउँसोदेखि रगत सहितको वान्ता भएको प्रहरीले जनाएका छन् । इन्चार्जलाई एक्कासी रगत वान्ता भएपछि त्यहाँ कार्यरत प्रहरी भने आत्तिएका छन् ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - १९:४७:२९ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # police

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology