ललितपुर, जेठ १६ । ललितपुरमा जिल्लामा रहेका ६ वटा पालिकामध्ये ललितपुर महानगरपालिका बाहेकका अन्य गोदावरी र महालक्ष्मी नगरपालिका तथा वाग्मती, महाङ्गाल र कोञ्ज्योसोम गाउँपालिकामा केही दिन अघि कोरोना भाइरस (कोभिड–१९) को पिसीआर र ¥यापीड विधिद्वारा परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाले मूलुकमा सङ्क्रमण बढाउँदै गएका कारण स्वास्थ्य, सरसफाई, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, आदिको स्वास्थ्यमा ख्याल गरी उक्त परीक्षण गरिएको थियो ।
महानगरपालिकामा जेठ ३ गते शनिवार २११ को स्वाब र ११९ को ¥यापीड यसैगरी जेठ ५ गते सोमबार ३२९ फलफुल तथा तरकारी र ग्यासँ बिक्रेताको ¥यापीड र जेठ ६ गते मङ्गलबार विदेशबाट फर्किएकाका २७ जनाको ¥यापीड परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आइसकेको महानगरपालिका ¥यापीड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताइन । उनले भनिन्, “जेठ चार गते आइतबार हामीले महानगपालिकाका १४८ जना जनप्रतिनिधिको स्वाब परीक्षण गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको नतिजा कोहीको आयो भने कोहीको अझै आउन बाँकी छ ।”
गोदावरीमा आइतबार ९६ को स्वाब र १०९ को ¥यापीड तथा सोमबार ६४ को स्वाब र २१० को ¥यापीड अनि मङ्गलबार ७ को स्वाब र १३ को ¥यापीड सङ्कलन गरी परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आइसकेको ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
महालक्ष्मीमा आइतबार रेड जोनमा परेका जिल्लाबाट आएका र विदेशबाट आई सेल्फ क्वारेन्टाइनमा बसिरहेका ६७ को स्वाब र १९१ को ¥यापीड तथा सोमबार ९२ स्वाब १७६ को ¥यापीड परीक्षण गरेका सबैको नतिजा नेगेटिभ आइसकेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।
शनिवार महाङ्काल गाउँपालिकामा ६१ को स्वाब र १३८ को ¥यापीड सङ्कलन गरी टेकु पठाउँदा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए ।
जेठ २ गते शुक्रबार कोञ्ज्योसोम गाउँपालिकामा ६० को स्वाब र १३६ को ¥यापीड सङ्कलन गरी पठाएका सबैको रिपोट नेगेटिभ आइसकेको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महत्वले जानकारी दिए ।
जेठ ७ गते बुधबार वाग्मती गाउँपालिकामा ७८ को स्वाब र १४२ को ¥यापीड सङ्कलन गरी टेकु पठाएका सबैको नतिजा नेगेटिभ आइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए ।
यसैगरी यस अघि ललितपुरका ६ वटै पालिकाले चैत १ गतेसम्म विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाको सबैको कोरोना परीक्षण गर्दा रिपोट नेगेटिभ आएको बताइएको थियो ।
गत बुधबार ग्वार्काेस्थित किष्ट मेडिकल केलजमा महानगरापालिका वडा नं २२ बुङ्मती घर भएका एक ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमण भएर मृत्यु भएको छ । ललितपुरमा कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु हुने यी व्यक्ति पहिलो हुन् । यही जेठ ११ गते उनी किष्ट अस्पतालमा कलेजोको समस्या (क्रोनिक लिभर डिजिज) उपचार गराउन भर्ना भएका अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए ।