Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद हुँदा दुई घाइते

क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद हुँदा दुई घाइते

दैनिकी न्यूज

१६, जेठ २०७७
क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद हुँदा दुई घाइते
images

काठमाडौं, जेठ १६ । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् ।

घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको दायाँ हात भाँचिएको छ भने २० वर्षीय फनबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

जनकल्याण आधारभूत क्वारेन्टिनमा रहेकालाई खाना खुवाउने जिम्मा स्थानीयवासी खत्रीले लिएको र भात खुवाउँदा सबैलाई नपुगेपछि पुनः पकाउने भन्ने विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसँग सामान्य विवाद भएको खत्रीले बताए ।

सामान्य विवादको विषयलाई लिएर प्रहरी बोलाइएको र आफूहरुको कुरा नसुनी निर्घात कुटपिट गरिएको घाइते खत्री बताउछन् ।

बुधबार बेलुका भएको घटनापछि घाइते आज मात्रै अस्पताल पुगेका छन् । वडाध्यक्ष गिरिराज पौडेलले मदिरा सेवन गरी विवाद गरेकाले प्रहरीलाई आफूहरुले बोलाएको तर क्वारेन्टिनमा कुनै कुटपिट नभएको जिकिर गरे ।

प्रहरीचौकी चुजाँठाटीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भीमबहादुर वलीले आफूले सम्झाइबुझाइ मात्र गरेको र हात भाँचिएको विषय थाहा नभएको बताए । रासस

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - २०:५५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology