Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा

दैनिकी न्यूज

१७, जेठ २०७७
अवकाशप्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा
images

काठमाडौं, जेठ १७ । नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको छ ।

समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरणमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका सैनिक अधिकृतलाई कारवाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका एक अधिकृतसहित अन्य नौ जनालाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ । सैनिक हवाई महानिर्देशनालयमा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सैनिक मुख्यालयले रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो । उक्त बोर्डको प्रतिवेदनका आधारमा अदालतले कारवाही गर्ने निर्णय गरेको हो ।

उपरथी श्रेष्ठबाट रु ५८ लाख ९५ हजार ५९ को कुनै हिसाबकिताब नराखी आर्थिक अनियमितता गरेको देखिएको ठहर गरिएको छ । बलाधिकृत रथी शरदकुमार गिरीको अध्यक्षतामा गठित अदालतले निजबाट उक्त रकम असुल उपर गरी नसिहत दिने फैसला सुनाएको हो । सोही मुद्दामा संलग्न अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरी सचेत गराउने गरी फैसला भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - ०८:२६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology