Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रहरीका लुभु इन्चार्ज माझीको निधन

प्रहरीका लुभु इन्चार्ज माझीको निधन

दैनिकी न्यूज

१७, जेठ २०७७
प्रहरीका लुभु इन्चार्ज माझीको निधन
images

ललितपुर । लगातार रगत वान्ता गरेर अल्का अस्पतालको आइसियुमा उपचाररत महानगरीय प्रहरी प्रभाग लुभुका इन्चार्ज तथा प्रहरी नायब निरीक्षक (सई) टेक बहादुर माझीको निधन भएको छ । उनको उपचारकै क्रममा शनिबार विहान निधन भएको हो । शुक्रबार अपरान्ह कार्यकक्षमै ढलेर रगत भोमिट गरेका उनलाई आकस्मिक रुपमा अस्पताल लगिएको थियो ।  टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको राति नै शल्यक्रिया गरिएको थियो । 

महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता तथा एसपी तुलबहादुर कार्कीले धेरै प्रयास गर्दा पनि बचाउन नसकेको भन्दै उनको निधनको पुष्टि गरे ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि माझीलाई शुक्रबार अल्का हस्पिटल एकान्तकुनाको आइसियुमा भर्ना गरिएको थियो । शुक्रबार दिउँसोदेखि रगत नै वान्ता गरेपछि उनलाई तत्काल उपचार गर्नको लागि पाटन हस्पिटल लगिएको थियो । पाटनमा आइसियू खाली नभएपछि थप उपचारको लागि अल्का हस्टिपलमा भर्ना गरिएको थियो । 

माझी केही समयअघि मात्र सो प्रभावको इन्चार्ज भएका हुन् । उनी नेपाल प्रहरीमा प्रहरी जवानबाट सेवामा प्रवेश गरेका थिए । उनको स्थायी घर रामेछाप रहेको छ ।

यो पनि पढ्नुहोस

रगत वान्ता गरेपछि प्रहरीको लुभु इन्चार्ज माझी अस्पताल भर्ना

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - १०:२९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology