Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने

गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने

दैनिकी न्यूज

१७, जेठ २०७७
गोदावरीका हरेक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गरिने
images

ललितपुर, जेठ १७ । गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० श्ययाको क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको छ । बाहिरबाट आएका मानिसलाई राख्न नगरपालिकाले उक्त क्वारेन्टिन व्यवस्था गर्न लागेको हो ।

नगरपालिकाले प्रत्येक वडाका विद्यालय, सङ्घसंस्था र सामुदायिक भवन प्रयोग गरी क्वारेन्टिन व्यवस्था गर्ने निर्णय गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

नगरपालिकामा शुक्रबार बसेको बैठकको निर्णयले हरेक वडामा तीन दिनभित्र क्वारेन्टिन तयार गर्न यहाँका बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, व्यापारी, समाजसेवी तथा सम्बन्धित सबैलाई सूचनामार्फत आग्रह गरेको छ । यसअघि गोदावरीले वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० श्ययाको क्वारेन्टिन व्यवस्था गरेको थियो । रासस

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - १२:१६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology