काठमाडौं, जेठ १७ । रौतहटको चन्द्रपुर–४ स्थित एक होटलबाट अबैध यौन काण्ड आरोपमा ४ जना पक्राउ परेको छ ।
चन्द्रनिगाहपुरको मामा भान्जा होटलबाट प्रहरीले दुई महिला र दुई पुरुषसहित ४ जनालाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर–१ बागमतीका डण्डबहादुर पुलामी र राजु कुशवाहा रहेका छन । पुलामी बाग्मती माध्यामिक बिद्यालय व्यवस्थापन समितिका बर्तमान अध्यक्ष, नुनथर विकाश समितिका वरिष्ठ उपाध्यक्ष तथा नेकपाका नेता हुन् । कुश्वाहा भने ढुङ्गा व्यापारी हुन् ।
विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९) को महामारीले देश बन्दाबन्दी भएको बेला ती दुबैले चन्द्रनिगाहपुरमा रहेको होटल मामा भान्जामा युवतीसँग रहेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले बताए ।
उनीहरुलाई १ रात प्रहरीको थुनुवा कक्षमा राखेर सम्झाइ बुझाइ पठाएको शाहीले बताए । होटलका साहुँ भने फरार रहेको उनको भनाई छ । यो भन्दा पहिला पनि सो होटलमा पटक–पटक यौन अखडा बनाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।