Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कालीमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ

कालीमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ

दैनिकी न्यूज

१७, जेठ २०७७
कालीमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ
images

काठमाडौं, जेठ १७ । काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो । यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालीमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सिल गरेर पिसिआर परीक्षण गरिएको थियो । सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पिसिआर परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन् । दुवैजनालाई आजै होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म मुलुकभर गरेर २० प्रहरीलाई कोभिड–१९ देखिएको छ । उनीहरुमध्ये धेरैको उपचार भइरहेको र उपचारपछि रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टाइनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :जेठ १७, २०७७ शनिवार - १५:३४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology