काठमाडौं, जेठ १७ । धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४।८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।
भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भुकम्प गएसँगै स्थानीयवासी त्रसित बनेका छन् ।