Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

२ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, मृत्यु हुनेको सङ्ख्या ८

२ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, मृत्यु हुनेको सङ्ख्या ८

दैनिकी न्यूज

१८, जेठ २०७७
२ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु, मृत्यु हुनेको सङ्ख्या ८
images

काठमाडौँ । आइतबार दुई जना कोरोना भाइरसको संक्रमणमा मृत्यू भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष र बाजुराकी दुई वर्षीया बालिकाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो।

बाजुराकी दुई वर्षीया मृतक बालिका स्थानीय क्वारेन्टाइनमा बसेकी थिइन् । बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको थियो ।

यसभन्दा अगाडि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुरामा एक÷एक गरी ६ जनाको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १७:०१:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology