ललितपुर । महानगरीय प्रहरी प्रभाग लुभु इन्चार्जको जिम्मेवारी प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापाले पाएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई शनिबार लुभु प्रभागको जिम्मेवारी दिएको हो ।
सो ठाउँका इन्चार्ज रहेका सई टेक बहादुर माझीको शनिबार मृत्यू भएपछि परिसरले थापालाई सो स्थानमा पठाएको हो ।
को हुन् थापा ?
गत फागुन महिनाको दोस्रो सातासम्म उनले महानगरीय प्रहरी परिसर भक्तपुर अन्तर्गत चाँगुनारायण नगरपालिकास्थित प्रहरी प्रभाग सुडालको नेतृत्व समालेका थिए ।
सुडालमा कार्यरत रहेका बेला प्रहरी पोशाकमै श्रीमतीसँग ‘टिकटक’ बनाएको आरोपमा उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो ।
सई थापाको प्रहरी पोशाक श्रीमतीले लगाएर हातमा पेस्तोल लिई खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थापालाई रानीपोखरी तानेको हो ।
त्यसअछि उनी चैत महिनामा ललितपुर आएका थिए । रोचक विषय त थापालाई लुभु प्रभागको इन्चार्ज बनाएसँगै ललितपुर प्रहरीमा हल्ला खल्ला मच्चिएको छ । एक प्रहरीले भने, ‘टिकटकमा हिट सर इन्चार्ज हुनुभयो अब यता पनि हीट हुनुहुनेछ ।’