Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मेलम्चीको सुरुङ परीक्षण तयारी

मेलम्चीको सुरुङ परीक्षण तयारी

दैनिकी न्यूज

१९, जेठ २०७७
मेलम्चीको सुरुङ परीक्षण तयारी
images

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । सरकारले मेलम्ची पहिलो र दोस्रो चरणका लागि पाँच अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । जस अनुसार दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङमा मिसाइने छ ।

मेलम्ची खोलाको पानी पहिलो चरणमा दैनिक १७ लाख लिटर काठमाडौँ उपत्यकामा आउने छ । दोस्रो चरणको आयोजना अन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी पनि मेलम्ची सुरुङ मार्गमा मिसाइने छ । जसमा याङ्ग्री र लार्केबाट दैनिक १७÷१७ करोड लिटर पानी थप हुनेछ । याङ्ग्री र लार्के खोलाको पानी मिसाएपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी आउनेछ ।

गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - ०६:२९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology