Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जेठ २५ गतेसम्म कर तथा कर विवरण बुझाउन विभागको आग्रह, नबुझाएमा जरिवाना

जेठ २५ गतेसम्म कर तथा कर विवरण बुझाउन विभागको आग्रह, नबुझाएमा जरिवाना

दैनिकी न्यूज

२०, जेठ २०७७
जेठ २५ गतेसम्म कर तथा कर विवरण बुझाउन विभागको आग्रह, नबुझाएमा जरिवाना
images

जेठ २५ गतेसम्म कर तथा कर विवरण बुझाउन विभागको आग्रह, नबुझाएमा जरिवाना

काठमाडौं । आन्तरिक राजस्व विभागले लकडाउन जारी रहेपनि कर बुझाउने म्याद थप नगर्ने भएको छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएकोमा अब समय नथप्ने जनाएको हो।

विभागले आज एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ।

कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर विवरण, आय विवरण तथा कर दाखिला गर्ने म्याद पटक पटक थप्दै जेठ २५ गतेसम्म कायम गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो।

सरकारले चैत ११ गते लकडाउन गरेपछि कर तिर्ने समय पनि पछि सारेको थियो । यो लकडाउन जेठ मसान्तसम्म जारी छ ।

1.PNG

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १०:१०:३७ बजे

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology