Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

जसलाई लकडाउन यता एकदिन फुर्सद मिलेन

जसलाई लकडाउन यता एकदिन फुर्सद मिलेन

दैनिकी न्यूज

२०, जेठ २०७७
जसलाई लकडाउन यता एकदिन फुर्सद मिलेन
images

ललितपुर । अरुलाई सहयोग कतिदिन गर्न सकिएला ? एकदिन, दुईदिन वा एक हप्ता ! आफ्नो काम छोडेर जोखिम मोल्दै त्यो भन्दा बढी सहयोग गर्न तत्पर रहने मानिस विरलै हुन्छन् । त्यसकारण सबैले भन्छन् अरुलाई सहयोग र सेवा गर्ने भनेको क्षणिक समय हो ।

तर, एकजना यस्ता सामाजिक अभियन्ता छन् जो जति सामाजिक काममा खटिए पनि थाक्दै थाक्दैनन् । उनी अरुको सेवा गर्नुलाई दायित्व ठान्छन् । त्यसैले त महामारीको बेला सर्वसाधारणको सेवामा तल्लीन छन् । उनी हुन्, गोदावरी क्षेत्रमा चिर परिचित व्यक्ति राज घिमिरे ।

महामारीको बेला स्थानीयले आफ्नो सुखदुःखको सारथिको रुपमा घिमिरेलाई पाएका छन् । अरुले गरिब र विपन्नलाई क्षणिक समय सहयोग गरेको बेला उनले निरन्तर सेवा गरिरहेका छन् ।

कोरोना भाइरसले सबैलाइ अति अफ्ट्यारो पर्दै गएको अबस्थामा गोदावरी नगरपालिका ३ मा बस्ने बासिन्दाहरुलाइ उनले खाद्यान्न लगाएत अन्य अभाब परेकालाई राहत बितरण गरेका थिए । गोदावरी नपाको कोरोना राहत कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका थिए ।

सामाजिक काम र जनताको सेवा निरन्तर गर्दै आएका उनले गोदावरी नगरपालिका ३ नंं वडा अध्यक्ष बाल मुकुन्द घिमिरेलाई आज पच्चीस हजारको चेक हस्तान्तरण गरेका छन् । उनले यो रकमले अब खाद्यान्न अभाब भएकालाइ चाडो राहत बितरण गर्न भन्दै यो सहयोग गरेका थिए ।

यसबाहेक उनले लकडाउनको समयमा जनचेतना फैलाउने, मास्क, सेनिटाइजर, पञ्जा, राहतसमेत वितरण गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - १८:०५:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology