काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ताअगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गरी आफ्नो परीक्षामा सहभागी हुन आउने उम्मेदवारहरूलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रूपमा पेस गर्न भनेको छ ।
प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएको हो ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी सहसचिव वा सो सरह (प्राविधिक÷अप्राविधिक) को परीक्षा र अन्तर्वार्ताका लागि नयाँ कार्यतालिका जारी गरेको छ ।