Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा आज मात्रै १८ सय सवारी साधन नियन्त्रणमा

उपत्यकामा आज मात्रै १८ सय सवारी साधन नियन्त्रणमा

दैनिकी न्यूज

२०, जेठ २०७७
उपत्यकामा आज मात्रै १८ सय सवारी साधन नियन्त्रणमा
images

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गरेर सवारी साधन चलाएको आरोपमा ट्राफिक प्रहरीले १८०६ सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ।

लकडाउन खुकुलो बनाउनुपर्ने माग उठिरहेका बेला ट्राफिक प्रहरीले एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ।

लकडाउन उल्लंघन गर्ने १५८४ वटा २ पाङ्ग्रे र २२२ वटा चार पाङ्ग्रे गरी जम्मा १,८०६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए।

उनले भने, ‘आज विहान ६ बजे देखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ। भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ।

काठमाडौं उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ।

पास भएकालाई पनि विशेष निगरानी
पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए।

images
प्रकाशित मिति :जेठ २०, २०७७ मंगलवार - २१:२८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology