Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आजबाट सुन पसलहरु खुल्ने

आजबाट सुन पसलहरु खुल्ने

दैनिकी न्यूज

२५, जेठ २०७७
आजबाट सुन पसलहरु खुल्ने
images

काठमाडौं । आज (आइतबार) देखि सुन पसलहरु समेत खुल्ने भएका छन्। सरकारले लकडाउनलाई खुकुलो पर्ने प्रकृया शुरु गरेसँगै सुनपसलहरु पनि आंशिक रुपमा खुल्ने भएका हुन्।

सरकारले विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सम्वन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरे अनुसार सुनचाँदी व्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने महासंघले जनाएको छ।

सोही अनुरुप महासंघले आइतबारबाट सुन तथा चाँदीको भाउ समेत तोक्ने भएको छ। सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै देश नै लकडाउन गरेपश्चात महासंघले पनि गत साढे दुइ महिनादेखि सुन चाँदीको नयाँ भाउ सार्वजानिक गरेको छैन।

1.jpg

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १०:११:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology