Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

बुधबार पनि ह्वात्तै सुनको भाउ बढ्यो

बुधबार पनि ह्वात्तै सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२८, जेठ २०७७
बुधबार पनि ह्वात्तै सुनको भाउ बढ्यो
images

काठमाडौं । बुधबार सुन तोलामा नौसय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार तीन सय रुपैयाँ तोकेको छ।

करिब साढे २ महीनापछि महासंघले आइतबारदेखि दैनिक नयाँ मूल्य सार्वजानिक गर्न थालेकोमा सो पश्चात लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको हो । आइतबार १० हजार चार सय रुपैयाँ बढाएर नयाँ मूल्य तोकेको थियो भने त्यसपश्चात सोमबार एक सय रुपैयाँ र मंगलबार पनि दुइ सय रुपैयाँले बढेको थियो।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १४:३८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology