Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बोधि श्रवण धर्म संघको पत्रकार सम्मेलन, वम्जन तीन वर्षका लागि ध्यानमा लिन भएको अनुयायीको दाबी

बोधि श्रवण धर्म संघको पत्रकार सम्मेलन, वम्जन तीन वर्षका लागि ध्यानमा लिन भएको अनुयायीको दाबी

दैनिकी न्यूज

६, आषाढ २०७७
बोधि श्रवण धर्म संघको पत्रकार सम्मेलन, वम्जन तीन वर्षका लागि ध्यानमा लिन भएको अनुयायीको दाबी
images

ललितपुर । बोधि श्रवण धर्म संघले आज ललितपुरमा पत्रकार सम्मेलन गरेको छ । लिटिल बुद्धको नामले चिनिने तपस्यी रामबहादुर बम्जनको सिन्धुली आश्रममा प्रहरीले बिहीबार छापा मारेको थियो ।

सो को विरोधमा उनका अनुयायीले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । पक्राउका लागि बम्जन आश्रममा छापा मारे पनि उनी आश्रममा फेला नपरेपछि आश्रमका केही धर्मगुरुलाई सोधपुछका लागि पक्राउ गरेपछि प्रहरीको सो कदमलाई उनका धर्म गुरुले विरोध जनाएका हुन् ।

पत्रकार सम्मेलनमा बोधि श्रवण धर्म संघ ललितपुरले ‘नेपालको संवैधानिक व्यवस्था अनुसार आफ्नो धामिक मार्गमा लागन पाउने हक माथिको यो हस्तक्षेप कुनै पनि मानेमा कसैलाई सह्य हुँदैछ ।’ भनेको छ । ‘हिरासतमा लिइएका गुरुहरुलाई अनुसन्धानका क्रममा विभिन्न किसिमको यान्त्रिक, मनोविज्ञान र भोतिक यातना नहोस संघ नेपाल सरकारको गम्भिर ध्यानकर्षण गराउँदै, यस विषयमा सरकारका सम्बन्धित निकाय तथा अंगहरु संयमित होउन भन्ने आग्रह गर्दै, धर्म निरपेक्ष देशको नागरिकको हैसियत, मानव अधिकारको व्यवहारिक अनुभूति हुने व्यवहारको नेपाल सरकारसँग माग गर्न चाहन्छौं’ भन्दै अध्यक्ष प्रनित महर्जनले बताए ।

आश्रममा रहेका अनुयायीलाई बलात्कार गरेको, हत्या गरेको तथा बेपत्ता बनाएको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले उनलाई पक्राउ गर्न अनुमति दिएसँगै सिन्धुली आश्रमबाट बम्जनलाई पक्राउ गर्न तेस्रो पटक प्रयास गरेको थियो । पत्रकार सम्मेलनमा वम्जन ३ वर्षका लागि ध्यानमा लिन भएको जानकारी दिएका थिए ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - २१:१९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology