Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images

बढ्दैछ नदीको सतह, सावधान रहन आग्रह

बढ्दैछ नदीको सतह, सावधान रहन आग्रह

दैनिकी न्यूज

१०, आषाढ २०७७
बढ्दैछ नदीको सतह, सावधान रहन आग्रह
images

काठमाडौं । मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले हुन अनुरोध गरेका छन् ।

सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्दछ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । देशै भर मनसुनको प्रभावका कारण मौसमी गतिविधि बढेकाले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्नसमेत मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


महाशाखाका अनुसार आज र भोलि प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा हुनेछ । तर पानीको सतह सतर्कता तहभन्दा तलै रहने छ । बिहीबारबाट भने कन्काई, कोशी, कमला, बागमती लगायत प्रदेश १ र २ भई बहने नदीमा बढी बहाव हुने जलविज्ञ सुनिल पोखरेलले जानकारी दिए ।


जलसतह सामान्य अवस्थाबाट सतर्कता तह नपुगे पनि सोही आसपास हुन सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपानाउनुपर्नेछ, उहाँले भन्नुभयो ।

आज भने ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोटका स्थानीय नदीमा बहाव बढ्दो क्रममा रहेको छ । त्यस्तै काठमाडौँ उपत्यका, धादिङ, चितवन, तनहुँ, कास्की, स्याङजा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्यूठान, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुरका स्थानीय नदीमा पनि बहाव बढ्दो क्रममै रहेको छ । त्यसैगरी डोटी, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्नसक्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदिन मध्यमदेखि भारी वर्षा हुने सम्भावना औँल्याएको छ । ुपूर्वदेखि पश्चिमसम्म मनसुन फैलिसकेको छ, अहिले पूर्वमा वर्षा भैरहेको छ, पश्चिममा पनि तराइक्षेत्रसम्म नै वर्षा सक्रिय बनेको छु, मौसमविद् प्रतिभा मानन्धरले भनिन्।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०७:४७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology