Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज साउन १५, खिर खाने दिन

आज साउन १५, खिर खाने दिन

दैनिकी न्यूज

१५, श्रावण २०७७
आज साउन १५, खिर खाने दिन
images

काठमाडौं । बिहीबार साउन १५ अर्थात् खीर खाने दिन । असारमास खेतको रोपाई र खेतीपातीको व्यस्तताबाट छुटकारा मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी र उर्जामय राख्न खीर खाने गरिएको विश्वास गरिन्छ ।

अधिकांश नेपालीहरुले यस दिन खीर खाएर साउन १५ मनाउँछन् ।

के छ यसको महत्व ?
खीरलाई पायस पनि भनिन्छ र तस्मै पनि भनिन्छ । खीरलाई ढकनी पनि भनिन्छ । यसलाई नेपाली समाजमा मीठो र पोषिलो खानेकुरामा लिइन्छ ।

नेपाली समाजमा धार्मिक र सांस्कृतिक रुपमा खीरको ज्यादै महत्व रहेको छ । पूजाअर्चना, श्राद्ध, विवाह, वर्तबन्ध लगायत कुनै पनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खीर चढ्ने गर्छ ।

दूध, चामल र चिनीसँगै मसलेदार सामग्री राखेर पकाएपछि तयार भएको परिकार नै खीर हो । खीरमा टाइचुनको चामलको प्रयोग अझ उत्तम मानिन्छ । जुम्ली मार्सीलाई पनि विशेष रुपले प्रयोग गर्न सकिन्छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - ०८:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology