काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेका छन् ।
गत साता मात्रै प्रचण्ड निवासका ५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको थियो ।