ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका अन्तर्गतका दुई वटा वडाका दुई महिलामा कोरोना पोजिटिभ देखिएको छ ।
महालक्ष्मी–४ पम्फुधार घर भई बस्ने वर्ष ७८ की महिला र महालक्ष्मी–८ लुभु तल्लोलाक्षी घर भई बस्ने वर्ष ८६ की महिला रहेका छन् ।
उनीहरुको स्वाव संकलन गरी पाटन हस्पिटलमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।
उनीहरुको इमाडोल स्थित किष्ट मेडिकल कलेजको कोभिड वार्डमा उपचार भैरहेको स्रोतले बतायो ।