काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको छ । उनी सातदोबाटो वृत्तमा फिल्डमा खटिने प्रहरी हुन् ।
प्रहरी स्रोतका अनुसार उनी केही समय अघि बाँके नेपालगन्ज घर गएका थिए । घरबाट आएपछि प्रहरी क्वारिन्टिनमा बसेका थिए । क्वारिन्टिनमा बसी स्वाब दिदा आज पोजिटिभ देखिएको हो ।