ललितपुर । बिहीबार ललितपुर महानगरपालिकाका विभिन्न स्थानका १२ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
बिहीबार ललितपुर महानगरपालिकामा स्थायी रुपमा बसोबास गर्ने ५० वर्षका पुरुष, ५४ वर्षका महिला, ४९ वर्षका पुरुषमा आज पोजिटिभ देखिएको छ ।
त्यस्तै ललितपुर महानगरपालिकाका अस्थायी रुपमा बसोबास गर्ने २२ वर्षका पुरुष, १८ वर्षका पुरुष, ७२ वर्षका महिला, २० वर्षको पुरुष, ४७ पुरुष, ४६ वर्षको महिला, ३४ वर्षको पुरुष, २६ वर्षका पुरुष, ३२ वर्षका पुरुषका रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा १९५ जना कोरोना संक्रमित पुगेका छन्, जसमा पुरुष १३५ र महिला ६० जना रहेका छन् ।
ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।