Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा १५७३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १५७३ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

३०, श्रावण २०७७
काठमाडौं उपत्यकामा १५७३ जनामा कोरोना संक्रमण
images

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १२७२ जना, ललितपुरमा १९० जना र भक्तपुरमा १११ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बिहीबार थपिएका १२७ जना संक्रमित समेत गरी हालसम्म उपत्यकामा १५७३ जना कोरोना संक्रमति पुगेका हुन् ।

बिहीबार काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना संक्रमित थपिएका थिए ।उपत्यकामा पछिल्लो समय लगातार कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । यस्तै उपत्यकामा बिभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् ।

जोरबिजोर रुपमा सञ्चालन भैरहे पनि सार्वजनिक सवारीमा कोरोना संक्रमणको जोखिम उच्च देखिन्छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा बाहेकका सेवाहरु सटडाउनको निर्णय गरेका छन् ।

पछिल्लो समय उपत्यकाका स्थानीय तहहरु पनि कोरोना संक्रमण फैलिरहेका प्रति चिन्तित देखिएका छन् । हालै उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिन नदिन भन्दै सुझावसहित मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो भने काठमाडौं महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह रोकेको जनाएको छ । यस्तै वडावडामा संक्रमित देखिएका स्थानहरु सिल गर्ने क्रम पनि जारी राखेका छन् ।

नेपाल समाचारपत्रमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - ०६:३९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology