Logo

सोमवार, श्रावण २५ गते २०८३

images

न्युरोडको विशाल बजार एक हप्ताको लागि सिल

न्युरोडको विशाल बजार एक हप्ताको लागि सिल

दैनिकी न्यूज

३०, श्रावण २०७७
न्युरोडको विशाल बजार एक हप्ताको लागि सिल
images

काठमाडौं । एक व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको न्युरोडमा रहेको विशाल बजार एक हप्ताका लागि बन्द गरिएको छ । एक व्यापारीमा कोरोना देखिएपछि स्थानीय सरकारले आगामी भदौ ७ गतेसम्मका लागि विशाल बजार सिल गरेको हो ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ भित्र पर्ने विशाल बजारका व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसलहरु आगामी ७ भदौसम्मका लागि बन्द गरिएका वडा नम्बर २४ कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

सूचनामा कोरोनाको थप फैलिन नदिन विशालबजार नजिकै रहेको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल व्यवसाय बन्द गरेर सहयोग गरिदिन अनुरोध समेत गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - १६:४०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology