काठमाडौं । प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पक्राउ गरेको छ । शुक्रबार मध्यान्हमा मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । खड्कासँगै लिखु तामाकोसी वडा नं. ५ का लालबहादुर तामाङलाई समेत पक्राउ गरिएको छ।