ललितपुर । शुक्रबार ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानका ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
शुक्रबार ललितपुर महानगरपालिकाका १२ महिला, १६ पुरुष गरी जम्मा २८ जनामा पोजिटिभ देखिएको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिकाका २ महिला, २ पुरुष गरी ४ जना र बागमती गाउँपालिकाका १ जना महिलामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा २२८ जना कोरोना संक्रमित पुगेका छन्, जसमा पुरुष १५३ र महिला ७५ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।