Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शनिबार डुकुछापका ७ जनामा देखियो कोरोना पोजिटिभ

शनिबार डुकुछापका ७ जनामा देखियो कोरोना पोजिटिभ

दैनिकी न्यूज

३१, श्रावण २०७७
शनिबार डुकुछापका ७ जनामा देखियो कोरोना पोजिटिभ
images

ललितपुर । शनिबार गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

शनिबार गोदावरी नगरपालिका गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापका ४ महिला र ३ पुरुषमा देखिएको वडा सचिव मुकुन्द घिमिरेले जानकारी दिए ।

वडा सचिव घिमिरेका अनुसार आज देखिएका संक्रमितहरुमा डुकुछापका वर्ष १९, ३५ र ३३ का पुरुष रहेका छन् । त्यस्तै अन्य संक्रमितहरुमा वर्ष ३६, वर्ष ६०, २९ र १० वर्षकी महिला रहेको छ । उनीहरु सबै डुकुछापका स्थायी बासिन्द हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित बढेसँगै डुकुछाप सिल गरिएको छ ।

योसँगै ललितपुरमा २३५ जना कोरोना संक्रमित पुगेका छन्, जसमा पुरुष १५६ र महिला ७९ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - १८:४१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology