Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

३१, श्रावण २०७७
शनिबार ललितपुरमा ३६ जना कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । शनिबार ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकाका विभिन्न स्थानका ३६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

शनिबार ललितपुर महानगरपालिकाका ९ महिला, १३ पुरुष गरी जम्मा २२ जना, महालक्ष्मी नगरपालिकाको १ महिला, गोदावरी नगरपालिकाको ५ महिला र ६ पुरुष गरी ११ जनाका पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

त्यस्तै ललितपुरकै वागमती गाउँपालिकाका १ पुरुष र महांकाल गाउँपालिकाको १ महिलामा पोजिटिभ देखिएको छ । यसरी आज ललितपुरका १६ महिला र २० पुरुष कोरोना संक्रमित भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा २६४ जना कोरोना संक्रमित पुगेका छन्, जसमा पुरुष १७३ र महिला ९१ जना रहेका छन् ।

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - २०:४९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology