Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाँच दिन नपुगी पिसीआर परीक्षण नगर्न अनुरोध

पाँच दिन नपुगी पिसीआर परीक्षण नगर्न अनुरोध

दैनिकी न्यूज

३१, श्रावण २०७७
पाँच दिन नपुगी पिसीआर परीक्षण नगर्न अनुरोध
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पिसीआर परीक्षण गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रवक्ता डा। जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्पर्ककमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिर्पोट आएको पाँच दिनपछि मात्र पिसीआर परीक्षण गराउन अनुरोध गरिएको बताए ।

“पिसीआर पोजेटिभ आउन पाँच/सात दिन लाग्ने भएकाले र तुरुन्तै पिसीआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई/चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, उनले भने।

अहिले उपत्यकामा १४ अस्पताललाई पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ । यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यतानुसार स्वाब सङ्कलन गरिरहेका छन् ।

उनले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिए । अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ । रासस

images
प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - २१:३१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology