Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो

दैनिकी न्यूज

३२, श्रावण २०७७
हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो
images

काठमाडौँ  । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए । पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उनले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने बताए।

“कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ,” डा. पाण्डेले थप्नुभयो, “तर त्यसलाई कोरोना समुदायस्तरमा गइसक्यो भन्न मिल्दैन ।” कतिपय अवस्थामा स्थानीयस्तरमा कुनै ठाउँमा नगएका व्यक्ति सङ्क्रमित भएको भन्दै उहाँले समुदायमा जान सक्ने सम्भावना रहेको बताए ।

निर्देशक डा. पाण्डेले सबैजना सुरक्षित रहने हो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था नआउने भन्दै व्यक्तिको हेलचेक्र्याइँले गर्दा सङ्क्रमण बढेको विश्लेषण गरे । उनले पछिल्लो समय सङ्क्रमितहरू अधिकांश भारतबाट आएको भन्दै प्रत्येक अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई कोरोना देखिनु विडम्बना भएको बताए ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - ०६:२८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology