Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा सचिवालयको बैठक सोमबार

नेकपा सचिवालयको बैठक सोमबार

दैनिकी न्यूज

३२, श्रावण २०७७
नेकपा सचिवालयको बैठक सोमबार
images

काठमाडौं । पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन नेकपाको सचिवालय बैठक सोमबार बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान साढे नौ बजे बैठक बोलाइएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

एक नेताका अनुसार शुक्रबार गठन भएको कार्यदललाई सचिवालयबाट औपचारिकरुपमा अनुमोदन गर्दै कार्यादेश दिनका लागि सो बैठक डाकिएको हो। नेकपाभित्र विवाद चुलिएपछि त्यसको समाधान गर्नको लागि बालुवाटार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

तर, पार्टी कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकृुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा तीन नेताले असन्तुष्टि जनाएपछि भोलिका लागि सचिवालयको बैठक डाकिएको हो ।

यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो । सो बैठकमा ओलीले मंसिरमा अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - १५:०१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology