Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एभरेष्ट बैंक सिद्धिपुर शाखाका कर्मचारीमा पनि देखियो कोरोना, सबै सेवा बन्द

एभरेष्ट बैंक सिद्धिपुर शाखाका कर्मचारीमा पनि देखियो कोरोना, सबै सेवा बन्द

दैनिकी न्यूज

३२, श्रावण २०७७
एभरेष्ट बैंक सिद्धिपुर शाखाका कर्मचारीमा पनि देखियो कोरोना, सबै सेवा बन्द
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुरमा अवस्थित एभरेष्ट बैंकमा कार्यरत एक कर्मचारीमा आज कोरोना पोजिटिभ देखिएको छ ।

काठमाडौंको काडाघारीमा बस्ने वर्ष ३० का ती कर्मचारीले शुक्रबार राष्ट्रिय प्रयोगशाला टेकुमा गएर परीक्षण गरेको वडा अध्यक्ष वासुदेव महर्जनले जानकारी दिए । महर्जनका अनुसार ती कर्मचारीको रिपोट आज पोजिटिभ आएको बताए । उनले भने, ‘मैले उहाँहरुलाई आजदेखि सेवा बन्द गर्न निर्देशन दिएको छु ।’

एभरेष्ट बैंक सिद्धिपुर शाखाका शाखा प्रबन्धकले आजदेखि सेवा बन्द गरेको बताए । ‘हामीले उहाँलाई शंका लागेर चेक जाँच गर्न भनेको होइन’ शाखा प्रबन्धकले भने ‘उहाँ स्वविवेकले जानु भएको हो ।’ ती कर्मचारीको शंकास्पद रिपोर्ट आएको सुनेको उनले बताए । शाखा प्रबन्धकले भने, ‘एकिन भैसकेको छैन ।’

images
प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - १७:१०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology