वीरगञ्ज । आइतबार साँझ र राती आएको पीसीआर रिपोर्टअनुसार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार साँझ ३३ जना र राति ६५ जना गरी आइतबार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्ज महानगरपालिकाका ४१ जना, पोखरिया नगरपालिकाका ३३ जना, सखुवा प्रसौनी गाँऊपालिकाका सात जना र जगरनाथपुर गाँऊपालिकाका १५ जना, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी दुई जना गरी थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ थपिएका ९८ जना सङ्क्रमितहरूमा पोखरिया नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षकसहित दुई जना र एक जना पत्रकारलगायत रहेका छन् ।