Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

पर्सामा थप ९८ जना कोरोना संक्रमित

पर्सामा थप ९८ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१, भाद्र २०७७
पर्सामा थप ९८ जना कोरोना संक्रमित
images

वीरगञ्ज । आइतबार साँझ र राती आएको पीसीआर रिपोर्टअनुसार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार साँझ ३३ जना र राति ६५ जना गरी आइतबार पर्सामा थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिकाका ४१ जना, पोखरिया नगरपालिकाका ३३ जना, सखुवा प्रसौनी गाँऊपालिकाका सात जना र जगरनाथपुर गाँऊपालिकाका १५ जना, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी दुई जना गरी थप ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका ९८ जना सङ्क्रमितहरूमा पोखरिया नगरपालिकाका नगरप्रमुख, वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, वीरगञ्ज भन्सार कार्यालयमा खटिएका सशस्त्र प्रहरी नायब उपरीक्षकसहित दुई जना र एक जना पत्रकारलगायत रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १४:२४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology