Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बागमती प्रदेशकी उपसभामुखलाई पनि कोरोना

बागमती प्रदेशकी उपसभामुखलाई पनि कोरोना

दैनिकी न्यूज

१, भाद्र २०७७
बागमती प्रदेशकी उपसभामुखलाई पनि कोरोना
images

काठमाडौं । बागमति प्रदेशकी उपसभामुख राधिक तामाङ र उनको ९ वर्षीय छोरालाई कोरोना संक्रमण भएको छ ।

सोमबार पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको वागमती प्रदेशले जनाएको छ । उनी हेटौंडामा रहेको घरमै आइसोलेसनमा बसेकि छिन । तामाङ र उनको छोरालाई कोरोना संक्रमण भएपनी टीममा रहेका अरुको भने रिपोर्ट नेगेटिभ आएको उनकी स्वकिय सचिव एलिसा थापाले जानकारी दिइन । ‘उहाँ र छोराको दुइदिन अघि कोरोना परिक्षण गरिएको थियो, थापाले भनिन, आज रिपोर्ट पोजिटिभ आयो दुइजना घरमै सुरक्षित रुपमा बस्नु भएको छ, स्वास्थ अवस्था सामान्य छ ।’

तामाङलाई कोरोना कसरी सर्‍यो भन्ने खुलेको छैन । यसअघि गरिएको परिक्षणमा भने उनलाई कोरोना देखिएको थिएन । दोहोर्‍याएर गरिएको परिक्षणमा कोरोना फेखिएको स्वकीय सचिव थापाले बताइन ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १९:१६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology