Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा एकै दिन थपिए ४० कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

ललितपुरमा एकै दिन थपिए ४० कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

२, भाद्र २०७७
ललितपुरमा एकै दिन थपिए ४० कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा एकैदिन ४० कोरोना संक्रमित थपिएका छन् । ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ४० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । पछिल्लो दिन संक्रमितको सङ्ख्या बढीरहेको महानगरपालिकाका २३ महिला, १० पुरुष गरी जम्मा ३३ जनामा सोमबार कोरोना पुष्टि भएको छ । यस्तै महालक्ष्मी नगरपालिकाका १ महिला, ४ पुरुष गरी ५ जना र गोदावरी नगरपालिकाका २ महिलामा पनि कोरोना देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सोमबार थपिएका सङ्ख्या सहित ललितपुरमा ३१५ संक्रमित छन् । जसमा पुरुष १९३ र महिला १२२ जना छन् ।

1.jpg

ललितपुरमा हालसम्म ३ जनाको मृत्यू भएको छ । ललितपुर थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ०६:१२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology