ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २९ मा डेरा गरी बस्ने दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिनेमा इलाम घर भई हाल हरिसिद्धि बस्ने वर्ष ६९ को पुरुष रहेका छन् ।
त्यस्तै ६९ वर्षिय पुरुषको ३१ वर्षिय पुरुषमा पनि पोजिटिभ देखिएको छ । दुवै जनालाई पाटन हस्पिटलमा पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको हो । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।