काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नं ७ घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्ने ९८ वर्षीय वृद्ध रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार साउन २७ गते ९८ औं जन्म दिन मनाउन काभ्रे जाँदै गर्दा ती वृद्धलाई स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिट आएको थियो । उनको आज बिहान सोहि अस्पतालमा मृत्यु भएको हो ।