काठमाडौं । ललितपुरको बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाँडा कोलनमा ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–३ भकुन्डेवेंसी घर भएका १८ वर्षीय दिपेन बर्देवा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
गत साउन २३ गते अन्य २ जनासँग बागमती गाउँपालिका–३ भट्टेडाँडामा घुम्न गएकोमा दिपेन बर्देवा सम्पर्कविहिन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । साथै उनको साथमा गएका ललितपुर बागमती गाउँपालिका वडा नं. ५ इकुडोल घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेल बस्ने राजेश तिमल्सिना र धापाखेलका सुवास थापालाई अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागागाउँले नियन्त्रणमा लिएको छ ।
उनीहरु विरुद्ध ज्यानसम्बन्धी जाहेरी परेकोले जिल्ला अदालत ललितपुरबाट म्याद थप भई थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।